Skip to content
अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाएको छ ।
३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् ।
प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेर उनीहरूलाई पठाउने गिरोह र अमेरिका गएको रुटबारे जानकारी लिने प्रयास गरेको छ ।
तर, अधिकांशले विवरण दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।
Post Views: 180