चितवनका अटो व्यवसायीहरू रूकुम पूर्वको यात्रामा

आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यसहित चितवनका अटोमोबाइल्स व्यबसायी यूवाहरू चार दिनका लागि यात्रामा निस्कन लागेका हुन् ।

जेठ १४ गतेबाट १७ गतेसम्म यात्रा चल्ने रूकुम पूर्वको एक हजार वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका साथ यात्रा आयोजना गरिएको व्यवसायी अमृत जोशीले जानकारी दिए ।

हिमालयन राइडर्सको व्यवस्थापनमा मोटरसाइकल यात्राको कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाको साथ रहेको जोशीले जानकारी दिए ।

यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स रहेको छ भने मिडिया पार्टनरमा आर्थिक आवाजले साथ दिएको छ । टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कसपको साथ छ ।

त्यसैगरी व्यावसायिक सहयोगीमा सेन्टर कलेज भरतपूर, हिमानी एजुकेसन, मनकनमना पार्टस उद्योग र भि.एस.के. पार्टसको साथ छ ।

चितवनको भरतपुरबाट सुरु हुने यात्रा नारायणगढदेखि पोखरा, वाग्लुुङ हुँदै मध्य पहाडको आर्थिक मेरूदण्ड मानिएको मध्यपहाडी लोक मार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरवार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाउँ, रूकुमकोट, टकसेरा पुग्नेछ ।

त्यस्तै वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानिमहल, अवलोकन गरि चीनको कोरला नाका जोड्ने महत्वकाङछी सडक कालीगण्डकी करिडोरको पाल्पा रामपूर हुँदै नारायणगढमा आइ यात्रा समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *