यामाहा नेपालले देशभरका दक्ष प्राविधिकहरूबीचको प्रतिस्पर्धा “नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२” भव्य रूपमा सम्पन्न गरेको छ।
यो प्रतियोगिता यामाहाको काठमाडौँस्थित तालिम केन्द्रमा आयोजना गरिएको थियो, जहाँ देशभरका क्षेत्रीय छनोटमा सफल भएका प्राविधिकहरू सहभागी भएका थिए।
प्रतियोगितामा प्राविधिक परीक्षण, समस्याको पहिचान, लिखित परीक्षा, र भाइभा लगायतका विभिन्न चरणहरू समावेश थिए, जसले सहभागीहरूको दक्षता र समर्पणलाई प्रमाणित गर्यो।
विजेताहरू यसप्रकार छन्:
विजेता: सुकदेव कुमार माझी – बी एन्ड बी अटो ट्रेडर्स, विराटचोक
प्रथम उपविजेता: रोनित श्रेष्ठ – तिरुपति अटो प्यालेस, विराटनगर
दोस्रो उपविजेता (साझा विजेता):
सागर त्वाती – जेएस अटोमोबाइल्स प्रा. लि., सतुंगल
बिनोद चौधरी – जीएसएस ट्रेडर्स, लम्की
यामाहाका सीईओ श्री दीपक कुमार अग्रवालले भने, “यामाहा केवल ब्रान्ड होइन, उत्कृष्ट प्रविधियुक्त मोबिलिटी समाधान हो। दक्ष जनशक्तिको भूमिकाले हरेक यात्रा सुरक्षित र सहज बनाउँछ।”
एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपालले दक्ष प्राविधिक विकासमा निरन्तर लगानी गर्दै ग्राहक सन्तुष्टि र सेवा उत्कृष्टतामा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। यो प्रतियोगिता सर्भिसकर्मीहरूको महत्त्वलाई उजागर गर्दै, नयाँ प्रविधिमा अभ्यस्त बन्ने अवसरको रूपमा स्थापित भएको छ।