बजाज मोटरसाइकलको जनकपुरका लागि आधिकारिक बिक्रेता ॐ अटोमोबाइल्स प्रा. लि. ले पहिलोपटक जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ।
यो मेला जेठ ११ गतेदेखि १६ गतेसम्म जनकपुरधामको बाह्रबिघा मैदानमा सञ्चालन हुनेछ।
नागरिकताको आधारमा मात्र बजाज बाइक फाइनान्स गर्न सकिने यस योजनामा शून्य सेवा शुल्क, तुरुन्तै फाइनान्स सुविधा, १० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन बोनस, निःशुल्क एसेसरिज र आकर्षक छुटहरू उपलब्ध छन्।
कम्पनीका अनुसार, जनकपुरमै पहिलोपटक आयोजना गरिएको यस एक्सचेन्ज मेलामा विशेष र अनुभवी भ्यालुएटरहरू रहनेछन्, जसले ग्राहकको पुरानो बाइकको उचित मूल्यांकन गर्नेछन्।
मूल्यांकनपछि अतिरिक्त १० हजारसम्मको बोनस पनि प्रदान गरिनेछ।
सामान्यतया लोन लिँदा आवश्यक हुने घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आय प्रमाणपत्रजस्ता कागजातहरूको झन्झट हटाइएको छ।
ग्राहकले १ घण्टाभित्रै लोन पास गराई किस्ताबन्दीमार्फत बाइक किन्न सक्नेछन्।
यो योजना बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. को नेपालभरकै सवैभन्दा ठूलो एक्सचेन्ज योजना मानिएको छ।
कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाइक ल्याई, बजाजको नयाँ मोडेल सहज रूपमा किन्न सकिने सुविधा ग्राहकहरूका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।