बिपी राजमार्गको डाइभर्सन बर्खा नलाग्दै बग्यो

साढे दुई करोडभन्दा बढी खर्चेर निर्माण गरेको बिपी राजमार्गको डाइभर्सन बर्खा नलाग्दै बगाएको छ ।

गत १०, ११ र १२ असोजको अबिरल वर्षापछिको बाढीले बिपी राजमार्गको १४ स्थानमा करिब आठ किलोमिटर सडक बगाएको थियो ।

बगाएको स्थानमा सडक डिभिजन कार्यालय भक्तपुरले डाइभर्सन निर्माण गरेको थियो ।

बर्खामा समेत नियमित यातायात सञ्चालन गर्ने उद्देश्यले निर्माण भएका डाइभर्सन बर्खा लाग्नुअघि (सोमबार) अगावै आएको सामान्य बाढीले तीन ठाउँमा बगाएको छ।

साथै, धेरै ठाउँको डाइभर्सन आधा बगाएकोले सिंगल लेन भएको छ । सोमबारको वर्षापछि आएको रोशी खोलाको बाढीले डाइभर्सन बगाएको हो ।

बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ माम्ती र बर्खेखोलाको दुई स्थान र रोशी–९, बोक्सीकुण्डमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएको छ ।

यस्तै, रोशी–७, कटुन्जेलगायतको स्थानमा आधा सडक बगाएर एक लेन बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *