नानो 06: सस्तो र स्मार्ट ईभी

चीनको डोंगफेंग मोटर कम्पनीले A0-क्लास इलेक्ट्रिक गाडी नानो 06 को ग्लोबल डेब्यु गरेको छ।

यो गाडी सस्तो मूल्यमा स्मार्ट प्रविधि, आकर्षक डिजाइन र उच्च परफर्मेन्सको संयोजन हो।

कम्पनीले यसलाई “सबैका लागि प्रविधि” भन्ने लक्ष्यसहित बजारमा ल्याएको हो।

नानो 06 मा 3C फास्ट चार्जिङ सिस्टम छ, जसले ३०% देखि ८०% चार्ज हुन १८ मिनेट मात्र लाग्छ।

५ मिनेट चार्ज गर्दा ११४ किलोमिटर रेञ्ज थपिन्छ। साथै, स्काई गेट डुअर्स, फोल्डेबल टेबलजस्ता लक्जरी फिचरहरू पनि यसमा छन्।

गाडीको लम्बाइ ४.३ मिटर, ह्वीलबेस २७१५ मिमी छ, जसले यात्रालाई अझै आरामदायी बनाउँछ।

डोंगफेंगले यो गाडीलाई स्मार्ट, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्य राखेको छ।

यसको डिजाइन अन्तर्राष्ट्रिय टिमले तयार पारेको हो, जसले भविष्यको सस्तो तर गुणस्तरीय ईभीको उदाहरण प्रस्तुत गरेको छ।

डोंगफेंगले आगामी चार वर्षमा चार नयाँ मोडल ल्याउने योजना सार्वजनिक गरेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा चीनको स्थान बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *