अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यसै हप्ता कतारको भ्रमण गर्दैछन् । यस भ्रमणमा उनले कतारको शासक परिवारबाट उनलाई उपहारको रूपमा विलासी बोइङ ७४७–८ जम्बो जेट उपहार लिने छन् ।
यसैबिच ट्रम्पले यो विमानलाई एयर फोर्स वनको रूपमा प्रयोग गर्न सक्ने अफवाह पनि चलेको थियो । तर ट्रम्पले यो महँगो उपहारको बचाऊ गरेका छन् ।
रक्षा मन्त्रालयले ४० वर्ष पुरानो एयर फोर्स वनलाई अस्थायी रूपमा विस्थापित गर्न उपहारमा कुनै शुल्क बिनाको एउटा ७४७ विमान पाउन लागेको आफ्नो सामाजिक सञ्जाल सोसल ट्र्थमा ट्रम्पले पोस्ट गरेका छन् ।
उपहार सार्वजनिक रूपमा निकै पारदर्शी ढंगले दिन लागिएको तर मूर्ख डेमोक्रेट्सहरूले सो विमानका लागि डलर तिर्नपर्छ भनेर जिद्दी गरिरहेको पनि उनले अझै अगाडि लेखेका छन् ।
एबीसी न्यूजका अनुसार, ट्रम्पले जनवरी २०२९ मा पद छोड्नुभन्दा केही समय अघिसम्म कतार जम्बो जेटलाई आफ्नो राष्ट्रपतिको विमानको रूपमा प्रयोग गर्नेछन् ।
ट्रम्पले कतार भ्रमणको क्रममा यो उपहारको घोषणा गर्ने अपेक्षा गरिएको छ । ट्रम्प यही हप्ता कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्कदैछन् । यो उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ ।
ट्रम्पको सो पोस्ट आउनु अघि कतारी मिडिया सहचारी अलि अल–अन्सारीले ट्रम्पको आगामी भ्रमणमा कतारले अमेरिकी सरकारलाई जेट विमान उपहार दिन सक्ने खबरहरू छापेको थियो ।
एयर फोर्स वानको रूपमा अस्थायी प्रयोगको लागि विमानको सम्भावित हस्तान्तरण कतारी रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभाग बिच विचाराधीन छ ।
तर यो विषय सम्बन्धित कानुनी विभागहरूले समीक्षा गरिरहेका छन् र अहिलेसम्म कुनै निर्णय नभएको बताइएको छ ।