Skip to content
भारतीय सस्तो वायुसेवा कम्पनी स्पाइस जेटले ६ वर्षपछि दिल्ली–काठमाडौं–दिल्ली नियमित उडान पुनः सुरु गरेको छ।
शनिबार बिहान १४० यात्रुसहित जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो भने १७२ यात्रु काठमाडौंबाट दिल्ली प्रस्थान गरे।
कम्पनीले सातामा ७ वटा व्यावसायिक उडान सञ्चालन गर्नेछ।
यसले काठमाडौं–दिल्ली मार्गमा प्रतिस्पर्धा बढाउने र हवाई भाडा सस्तो हुने अपेक्षा गरिएको छ।
Post Views: 405