काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा ज्यान गुमाएका परिवारलाई जम्मा २ लाख माथीको सहयोग गरिएको हो ।
नमोबुद्ध नगरपालिका वडा नं. ५ का शम्भु बिकको नाममा १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो ।
केहिसमय अघि शम्भु बिकको बुबा र आमा दुबैको राती आएको पहिरोबाट पुरिएर ज्यान गएको थियो ।
यस्तै तेमाल गाउँपालिकामा एकै परिवारका दुईजनाले ज्यान गुमाएका थिए ।
उनीहरुको परिवारलाई पनि १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो ।
उक्त चेक तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको रोहवरमा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया लगायतको टिमबाट मृतकको परिवारलाई हस्तान्तरण गरियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका सचिव नेत्र कटुवाल, ब्यवसायी नारायण देवकोटा, लक्ष्मण बन्जारा, अमन लामा, राजनितिज्ञ सत्मान लामासँगै कलाकार सुरेश थापा (दर्शने) को उपस्थिती थियो ।
नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष चिमोरियाको जन्मदिनको अवसर पारेर सहयोग हस्तान्तरण गरिएको हो ।
चिमोरियाले मृतकको परिवारमा सानो मलम भएपनि लगाउने कोसिस गरेको जानकारी दिए ।
उनले आगामी दिनमा पनि एसोसियसनबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।