उदयपुरमा हायस गाडीको ठक्करबाट एकजनाको मृत्यु: उदयपुरमा हायस गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईँका अनुसार हायस गाडीको ठक्करबाट त्रियुगा नगरपालिका–११ चप्पनका ५६ वर्षीय परणशेर राईको मृत्यु भएको हो ।
मृतक राईलाई आज शनिबार बिहान मर्निङवाकको समयमा गाईघाट दिक्तेल सडक खण्डमा पर्ने गाईघाट बोक्सेमा ठक्कर दिएको थियो ।
डिएसपी चपागाईँका अनुसार ठक्कर दिने बा.प्र. ०१–००६ ख ५८७१ हासय गाडी र चालक महोत्तरीको बर्दीबास नगरपालिका–३ का ४४ वर्षीय रुद्रबहादुर पौडेललाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि उदयपुर अस्पताल राखिएको प्रहरीको भनाइ छ ।