पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट: पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएकाे प्रहरीले बताएको छ।

क्वेटा रेलवे स्टेसनमा विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताए।

अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समयअनुसार बिहान ८ः४५ बजे  रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ।

पछिल्लो समयमा आतंकवादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्फोटका घटनाहरू बढाउँदै आएका छन्।

गत अगस्टमा भएका दर्जनौँ आक्रमणको जिम्मेवारी बिएलएले लिएको थियो, जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *