रातानाङ्ला दुर्घटनाका मृतकको सनाखत

रातानाङ्ला दुर्घटनाका मृतकको सनाखत: दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका(१४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटनाका मृतकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा भैरवी गाउँपालिका(५ दैलेखका ३८ वर्षीय गाडी चालक सुरेश केसी, सोही गाउँपालिका(२ का ३६ वर्षीय कर्ण विष्ट, २१ वर्षीया सङ्गीता विष्ट र वडा नं १ का १७ वर्षीया दिपिका महताराको मृत्यु भएको हो ।

उनले भने “दुर्घटनाको खबर आउनेबित्तिकै सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले ३० जनालाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याउँदा चिकित्सकले चार जनाको मृत्यु भएको घोषणा गरेका थिए ।”

घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना भएको थियो ।

Visit homepage : eautonepal.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *