बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु : कपिलवस्तुको वाणगंगामा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ। वाणगंगा– ७ घेरवा वनगाईमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
बुधबार साँझ वनगाईमा अर्घाखाँचीको खनदह घर भई वाणगंगा– ७ वनगाई बस्ने वर्ष ३६ को भीमलाल पोख्रेलको बसको ठक्करबाट उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको लु.२ख ३१५ नम्बरको बसले पोख्रेललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका पोख्रेललाई उपचारका लागि स्थानीय पाथीभरा मेडिकलमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनाग्रस्त बस इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Visit homepage : eautonepal.com