टाटाको प्रिमियम एसयूभी ‘सफारी डार्क’

टाटाको प्रिमियम एसयूभी ‘सफारी डार्क’: टाटा मोटर्सले उत्पादन गरेको प्रिमियम एसयूभी सफारीको डार्क एडिसन काठमाडौं आइपुगेको छ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ सफारीको डार्क एडिसन ल्याएको हो।

यो प्रिमियम एसयूभी केही दिनमा सार्वजनिक गर्ने र लगत्तै बुकिङ खुला गर्ने तयारी गरेको छ।

सफारी डार्क रेगुलर सफारीभन्दा केही फरक देखिन्छ। यो प्रिमियम एसयूभीको साइडमा डार्क लेखिएको व्याच छ।

टाटा मोटर्सले चलेका मोडलहरुको डार्क एडिसन पनि उत्पादन गर्दै आएको छ।

नेक्सन आईसीई र नेक्सन ईभीको पनि डार्क एडिसन उपलब्ध छ। नेक्सन ईभीको डार्क एडिसन नेपाली बजारमा पनि बिक्री भएको थियो।

सफारी डार्कको इन्टेरियर ओब्रन ब्ल्याक र पियानो ब्ल्याक रंगमा छ।

यो प्रिमियम एसयूभी ठूलो टचस्क्रिनसहित वायरलेस स्मार्टफोन कनेक्टिभिटी, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, डुअल जोन क्लाइमेट कन्ट्रो, ७ एयर ब्याग, जेबीएलको १० वटा स्पिकरलगायत विशेषता छन्।

सफारी डार्कमा २.० लिटरको डिजेल इन्जिन छ। ६ स्पीडको म्यानुअल तथा अटोमेटिक टर्क कन्भर्टर युनिट रहेको छ। यो प्रिमियम एसयूभीले १ सय ६८ बीपीएस र ३ सय ५० एनमए टर्क जेनेरेट गर्छ।

यो प्रिमियम एसयूभीको मूल्य कम्पनीले सार्वजनिक गरेको छैन।

रेगुलर सफारीको मूल्य भने ९२ लाख ४९ हजार रुपैयाँदेखि १ करोड ८ लाख रुपैयाँसम्म तोकिएको छ।

सफारी डार्क एडिसनको मूल्य सवा करोड रुपैयाँभन्दा कम पर्ने अनुमान गरिएको छ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *