एसपीजी अटोमोबाइल्सको १०० भन्दा धेरै युनिटको डेलिभरी

ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘जेइको जे सिक्स’ इलेक्ट्रिक एसयूभी र ओमोडाको १०० भन्दा धेरै युनिटको डेलिभरी घटस्थापनाको दिन सफलतापूर्वक सम्पन्न गरेको बताएको छ ।

पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स, नेपालमै पहिलो अफरोड इलेक्ट्रिक एसयूभी हो ।

गत अगस्टमा नाडा अटो शो २०२४ को अवसरमा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जेसिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफरोड डिजाइनका कारण छोटो समयावधिमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको बताइएको छ ।

अफरोड ड्राइभिङमा रूचि राख्नेहरूले गत हप्ता आयोजित डर्ट टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जेसिक्सको शक्तिशाली अफरोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाएका थिए । यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।

त्यति मात्र होइन, ओमोडा ई फाइभ (ई५) सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ । भर्खरै नाडा अटो शोमा ओमोडा ई५ डीएलएक्स ओमोडा ई५ लक्सको कम संस्करण हो।

जेइको जेसिक्स नेपालको चुनौतीपूर्ण अफरोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफरोड पारखीहरूको लागि उचित रोजाई बनेको छ ।

२७१५ एमएमको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २०० एमएमको भव्य ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो ।

चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८ – १२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि–क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ ।

यसको साइड–हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ ।

जे सिक्सले डे एन्ड नाइट रियर भ्यु मिरर, ३६० डिग्री क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ । जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ ।

जे सिक्स दुइवटा भेरिएन्टमा उपलब्ध छ । पहिलो भेरिएन्ट, २०० न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटर सहितको फोर–व्हिल–ड्राइभ । र दोश्रो, १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिङ्गल मोटर भेरिएन्टमा उपलब्ध छ ।

यो गाडी ६.५ सेकेन्डभित्रै ० बाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री (जुन ५०.६ किलोवाट आवर, ६५.७ किलोवाट आवर, वा ६९.७ किलोवाट आवरमा उपलब्ध छ ।) रहेको जे सिक्सले ५०१ किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्दछ ।

गाडी ३० प्रतिशत देखि ८० प्रतिशत सम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डिसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन् । समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक तथा नेपाली भूभागको लागि सुहाँउदो एसयूभी हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *