यज्दी मोटरसाइकलको फेस्टिभ अफर

यज्दी मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नि मोटोइंकले फेस्टिभ अफर ल्याएको छ ।

दशैं तिहार लक्षित उक्त अफरमा यज्दीको स्क्र्याम्ब्लर मोटरसाइकल खरिद गर्दा ग्राहकले १ लाख ५० हजार नगद छुट पाउनेछन् ।

साथै, फाइनान्स सुबिधामा खरिद गर्दा शून्य प्रतिशत ब्याज र ५ वर्षसम्म निःशुल्क सर्भिसिङ पाउने कम्पनीले जनाएको छ ।

अग्नी मोटो इंकले यज्दी स्क्र्याम्ब्लरसहित एड्भेन्चर र रोड्स्टर मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । यी मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखी ९ लाख ९८ हजारसम्म पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *