न्यू इनर्जी भेहिकल ब्राण्ड सेरेस थ्रीको नयाँ अपग्रेडेड मोडल कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ ।
जसमा कम्फर्ट भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकिएको छ । यसअघि बिक्री हुँदै आएको मोडल पनि यहि थियो ।
नयाँ मोडल सार्वजनिक गर्दै एमएडब्लू ग्रुपका चेयरम्यान विष्णुकुमार अग्रवालले आधुनिक विद्युतीय गाडी उपभोक्तालाई दिने कम्पनीको योजनमा नयाँ सेरेस थप मजवुद रहने बताए ।

‘नेपाल आएको छोटो समयमा नै ३०० भन्दा धेरै यूनिट सेरेसका खुसी कष्टुमर छन् ।
हामीले बिक्री र बिक्रीपछिको सेवालाई विशेष जोड दिएर काम गर्दै आएका छौं ।
भोलिका दिनमा थप परिष्कृत सेवा र नयाँ नयाँ उत्पादन दिने हाम्रो प्रयत्न रहनेछ’, अध्यक्ष अग्रवालले भने ।
गत भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मा पहिलो पटक सार्वजनिक भएको सेरेस ईभीको पहिलो अपग्रेड भएर आएको हो ।
नयाँ सेरेस-थ्रीको अगाडिको फेसियामा ब्यापक परिमार्जन भएको देख्न सकिन्छ । साथै एलइडी डिआरएल र सेरेसकै ब्याच प्रयोग भएर आएको छ ।
नेपाली बजारमा आएको छोटो समयमा नै सफलता पाएको सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ ।
यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।
