लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको संयुक्त आयोजनामा ललितपुर, टंगल टोल स्थित उर्जा बचतकै प्रांगणमा भएको नि: शुल्क बाथरोग शिविर मा १४५ जनाको ESR, CRP, Uric acid र Sugar नि: शुल्क रगत परिक्षण गरिएको थियो ।
आज रगत परीक्षण गरिएकाहरुको शनिवार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरि औंषधी समेत वितरण गरिने मंचकी अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।
पहिलो पटक आयोजना गरेको नि: शुल्क बाथरोग शिविर निकैं सफल भएको र धेरै सदस्यहरुको सहभागी भएकोले आगामी दिनहरुमा समेत उर्जा बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरी शिविरहरु संचालन गरिने लायन्स क्लव District J को रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताउनुभयो ।