नेपाल रिकण्डिसन अटो व्यवसायीहरुको साधारण सभा हुदै

नेपाल रिकण्डिसन अटो व्यवसायीसंघको आगामी जेष्ठ २६ गते वार्षिक साधारण सभा तथा दोश्रो अधिवेसन हुने भएको छ ।

यो साधारण सभाले संगठनको नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ ।
२०७८ पौष ३ भएको चुनावमा आर के अटाे सेन्टर कालीमाटीका सञ्चालक,  युवा व्यवसायी रमेश कोइरालाको नेतृत्वमा कार्यसमिति बनेको थियो ।

आगामी कार्यसमितिको लागी पुःन रमेश कोइराला र कुमार चिमोरियाको विच प्रतिस्पर्धा हुने भएको छ ।

रमेश कोइरालाले गत कार्यकालमा केही राम्रा काम गरेकोले र केही काम गर्न बाकी रहेकोले फेरी नेतृत्वमा जान चाहेको बताएका छन् ।

तथापी उनले आगामी एक वर्षभित्र काम सकेर अन्य व्यक्तिलाई पद हस्तान्तरण गर्ने पनि जनाएका छन् ।

उनले यो कार्यसमितिले विभिन्न राम्रा काम गरेको जनाएका छन् ।

उनका अनुसार यो कार्यसमितिले लगभग १०० जना सदस्यको संघमा अहिले १२५ जना सदस्य पु¥याएको छ ।

पुराना रिकण्डिसन गाडीहरुमा ५० देखि ६० प्रतिशतसम्म अटो लोन पाउने सुविधा पनि मिलाएको छ ।

त्यस्तै यातायात कार्यालय एकान्तकुना अगाडी सर्वसाधारणलाई बाटो काट्न सहज हुनेगरी जेब्रा क्रसिङ बनाउन पहल गरेको कारण हाल जेब्रा क्रस सञ्चालनमा आएको छ ।

यसका अतिरिक्त लुम्बिनी इन्सोरेन्ससँगको सहकार्यमा सबै रिकण्डिसन गाडीमा विमा गरिने विशेष व्यवस्था मिलाएको छ ।

एकान्त कुनामा रहेको यातायात कार्यालयसँगै यो संगठनको कार्यालयको समेत स्थापना गरी रिकन्डिसन अटो व्यवसायीहरुको सुविधाको लागी विभिन्न काम गर्दै आएको छ ।

त्यस्तै सातै प्रदेशमा संघको विस्तार गरी अटो व्यवसायीहरुलाई एक जुट बनाउने प्रयास पनि भएको रमेश कोइरालाले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *