पर्नौतीका वडा अध्यक्षको अनसनपछि टेन्डर

पर्नौती न. पा. १० का वडा अध्यक्ष मोहन भण्डारीले केही दिन अघि पनौती – खोपासी सडकको पिच गर्न दबाब दिदैं आप्mनो कार्यकक्षबाट नैं आमरण अनसन बस्ने घोषणा गर्नुभएको थियो ।

सोही अनुरुप, आज जन समर्थकहरुको साथमा पनौंती रोशी खोलाको पुल नजिकैं अनसन बसेको छ ।

आज नैं वडा अध्यक्षको अनसनपछि, पनौती – खोपासी सडकको टेन्डर भएको छ ।

पनौती नगरपालिकाको दक्षिण तर्फको नाकाको रुपमा रहेको एक मात्र सडक पनौती खोपासी सडक विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको हामी सबैलाई विदितै छ ।

पनौतीको एक मात्र ठूलो चौडा भएको यस सडक कालोपत्रे गराउन हामी सबैको सहयोगको जरुरी छ ।

अहिलेसम्म पनौती नगरपालिकाले सडक पक्की गराउन गरेको प्रयास यस्तो रहेको छ ।

• बागमती प्रदेश सरकार र संघीय सरकारसँग ३१ करोड बराबरको डिपिआर सहित वजेट माग गरिएको ।

• आ व २०८०/८१ को वजेटमा प्रदेश सरकारबाट दुई शीर्षकमा ९० लाख र २० लाख गरी जम्मा १ करोड १० लाख विनियोजन भएको ।

• विनियोजित वजेटले कालोपत्रे गर्न रकम अपुग भएकोले पटक पटक नगर प्रमुख रामशरण भण्डारी, पुर्व माननीय शिवप्रसाद हुमागाईं, तत्कालीन मन्त्री तीर्थ लामा र अर्थमन्त्री बहादुर लामाको अथक प्रयास स्वरुप बहुवर्षीय बनाउनको लागि वजेटको रकमान्तर गरी ४ करोड ५० लाख वजेट अर्थ मन्त्रालयबाट विनियोजन गरी १४ करोड ४६ लाखको वहुवर्षीय बनाउने पुर्वाधार तयार गर्न सफल भए पनि अर्थ सचिवले वहुवर्षीय बनाउन नमानेपछि बहुबर्षीय बनाउन नसकिएको ।

• ४ करोड ५० लाख ठेक्का निकालेर भएपनि सडक पक्की बनाउने योजना रहदा रहदै सरकार परिवर्तन भएपश्चात केही मित्रहरुले वहुवर्षीय बनाउने नाममा ठेक्का अवरुद्ध हुन पुगेको थियो ।

• नगर प्रमुख रामशरण भण्डारीले पटक पटक पुर्वाधार विकास कार्यलयका प्रमुख राजु श्रेष्ठलाई भेटी विनियोजित रकमको ठेक्का निकाल्न दबाब दिएको र सो कुरामा सत्ता पक्षका मित्रहरुले रोक्न लगाइ रहेको अवस्थामा पुन मिति २०८१ बैसाख ११ गते पुर्वाधार र अर्थ मन्त्रालयका सचिवहरुलाई भेटी टेन्डर निकाल्न दबाब दिनु भएको कारणले गर्दा अन्तत: आज टेन्डर निस्केको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *