मुग्लिन–पोखरामा नयाँ प्रविधिका पुल राखिने

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकास्ट’ प्रविधिबाट पुल राखिने भएको छ।

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकास्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।

निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकास्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए।

निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले  हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए ।

निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *