नासाको विद्यालय क्षेत्र सुरक्षित बनाउने अभियान

विद्यालय क्षेत्र सुरक्षित राख्ने अभिप्रायले केहि वर्ष अगाडी देखी ईन्टरनेशनल रोड एसिसमेन्ट प्रोगाम (IRAP) बाट शुरु गरिएको अभियान “Star Rating For School”  नेपालमा पनि शुरु गरिएको छ ।

विद्यालयहरुमा विद्यार्थीहरुको विद्यालय यात्रा सुरक्षित हुनुपर्छ भन्ने उद्येश्यले “Star Rating For School” कार्यक्रम केही वर्षदेखि नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले नेपालका विद्यालयहरुमा शुरु गरेको हो ।

यही सन्दर्भमा  नासा नेपालको आयोजना र एआईपी फाउण्डेसन भियतनामको संयोजनमा Star Rating For School सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धुलिखेलमा संचालित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा IRAP तथाAIP Foundation बाट Quyen Bui / Phuong Luu ले सुरक्षित स्कुल क्षेत्र र स्टार रेटिङ स्कुल सम्बन्धी प्रस्तुतिकरण पेश गरेका थिए ।

धुलिखेलको सञ्जीवनी मावि र ललितपुरको हरिसिद्धि माविलाई ५ तारे (5 stars) विद्यालयमा परिणत गरी काभ्रे र ललितपुरकै नमूना स्कूल घोषित गराउनलाई सुरक्षित स्कूल क्षेत्र (safe school zone) सफल पार्न कार्य शुरु गरिएको जानकारी कार्यक्रम संयोजक सुबास भट्टराईले बताउनु भयो भने स्टार रेटिङको प्राविधिक पक्ष र स्टेपहरुको बारेमाई सञ्जय लुईटेलले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा उपस्थित काभ्रे जिल्लाप्रहरी प्रमुख बसुन्धरा खड्काले दिनहँु बढ्दै गईरहेको सडक दुर्घटनालाई कम गर्न र विद्यालय जस्तो संवेदनशील क्षेत्रलाई सुरक्षित र भय रहित क्षेत्र घोषित गर्नलाई यस किसिमका कार्यक्रम अत्यन्त आवश्यक भएको जानकारी दिनु भयो ।

उहाँले यस किसिमको कार्यक्रमलाई सफल र दिगो बनाउँन हरपल सहयोग गर्न तयार छौ भनि प्रतिबद्धता जाहेर गर्नुभयो ।

हिसान काभ्रेका अध्यक्ष पवन थापाले पनि विद्यार्थीलाई अकाल मृत्युबाट जोगाउन नेपालभरिकै सरकारी तथा निजी विद्यालयहरुको सडकहरुको Star Rating हुनुपर्ने कुराका जोड दिनु भयो ।

प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले नासा नेपालले थालेको सुरक्षित विद्यालय अभियान सकारात्मक र सहरानीय छ भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरी काभ्रे जिल्लास्थित सञ्जीवनी मावि र ललितपुर स्थित हरिसिद्धि माविका प्रअहरु लोकेन्द्र ढकाल र आशादेवी मर्हजनले आफ्नो विद्यालयलाई star rating school को लागी छनौट गरेकोमा हर्ष व्यक्त गर्दै परियोजना सफल गराउनमा पूर्ण समर्थन रहने कुरा जनाउनु भएको छ ।

धुलिखेल नगरपालीका वडा अध्यक्ष रोमी श्रेष्ठ र गणेश आचार्य तथा ललितपुर महानगरपालीकाका वडा अध्यक्ष विरेन्द मर्हजनले पनि उक्त कार्यक्रमलाई नगरपालिकाको सहयोग रहनेछ भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

धुलिखेल नगरपालीकाका मेयर अशोक कुमार व्यञ्जुले नासा नेपाललाई शुभकामना व्यक्त गर्दै स्कुल जाने बालबालिलाई असुरक्षित यात्राबाट जोगाई अकाल मत्यु हुनबाट बचाउनलाई सरकार समेतको ध्यानाकर्षण हुन्ुापर्ने कुराका जोड दिनु भयो ।

यसैगरी कार्यक्रममा उपस्थित नेपाल हक्की संघकी महासचिव सुवर्ण केशरी श्रेष्ठ, नेकोसकी उपाध्यक्ष सञ्जु महर्जन, नासा नेपालका वरिष्ठ उपाध्यक्ष डा. बुलन्द थापा तथा काभ्रेका ट्राफिक पहरी प्रमुखले सुरक्षित विद्यालयको सन्दर्भमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

नासा नेपालले सडक सुरक्षा सम्वन्धि विगत लामो समयदेखि विभिन्न जनजेतना मूलक कार्यक्रमहरु गर्र्दै आएको र अहिले विद्याालय क्षेत्र सुरक्षित क्षेत्र बनाउनलाई एउटा नविन अवधारणा Star Rating School द्वारा विद्यालय सुरक्षित क्षेत्र बनाउँने प्रयास गर्दै आईरहेको छ ।

दैनिक १० जना नागरिकहरुले दैनिक अकालमै ज्यान गुमाइरहेको विभिन्न तथ्याङले देखाउँछ, जसमा युवा तथा विद्यार्थीहरुको संख्या अधिक छ ।

यही अवस्थालाई कम गर्ने उद्देश्यले अन्तराष्ट्रिय तहमंै IRAP ले विश्वव्यापी रुपमा नै यो अभियान शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *