आजबाट टाटा मोटर्सको म्याक्सचेञ्ज मेला शुरु

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजबाट म्याक्सचेञ्ज मेला कार्यक्रम शुरु भएको छ।

उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा नेक्सन म्याक्स साट्न सकिनेछ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिन लागेको कम्पनीले जनाएको छ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार रहेका छन्।

म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउँन कम्पनीले आग्रह गरेको छ।

मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *