नेपालमा मोटर स्पोर्टस् बढ्दैं

नेपालमा पछिल्लो समयमा मोटर स्पोर्टस्का गतिविधीहरु ह्वात्तैं बढेको छ ।

नासा नेपालले करिब १६ वर्ष अघि शुरु गरेको मोटर स्पोर्टस्का अहिले धेरैं विधाहरु छन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो महिनामा मात्र करिब आधा दर्जन यस्ता साहसिक खेलहरुको आयोजना भएका छन् ।

ट्रान्स हिमालय एड्भेन्चर पुग्यो पोखरा – मुस्ताङ
पोखरा – मुस्ताङ सम्मपुग्नकालागि काठमाडौंबाट प्रस्थान गरेको ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली पोखरा पुगेको छ ।

¥यालीलाई पोखरामा प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव चन्द्र शर्मा, गण्डकी अटोमोबाइल्स एसोसिएसनका सल्लाहकार नारायण प्रसाद शर्मा र अध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र कोइराला तथा सदस्यहरु चाँदनी हमाल र रविना श्रेष्ठ लगायतले राइडरहरुलाई स्वागत गरे ।

नेपाललाई विश्वकै मोटर स्पोर्ट्सको गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजना भएको कार्यक्रममा काठमाडौंदेखि पोखरा, जोमसोम, पोखरासम्म मोटरसाइकल टुरिङ -याली हुनेछ ।

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्द्रुक, वाग्लुङ, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राइडिङ सम्वन्धी जनचेतनामूलक कार्यक्रम समेत हुनेछ ।

नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप

धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोकस रेसट्रयाक डर्ट टेम्पलले डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ ।

जनवरीदेखि सुरु भएको सो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो ।

बैशाखमा फाप्लुसम्म मोटर र्‍याली हुने

धार्मिक क्षेत्र देवघाटदेखि खोटाङको हलेसीसम्म मोटर र्‍याली हुने भएको छ ।

मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍यालीसहित अटो जिमखाना प्रतियोगिता पनि यो क्रममा सम्पन्न हुने आयोजकहरुले जानकारी दिएका छन् ।

नेपाल अटो मोबाइल एसोसियसन (नासा) र चितवन अटोमोबाइल डिलर्स एसोसियसनले संयुक्त रुपमा यो कार्यक्रम गर्न लागेका हुन् । र्‍याली बैशाख ५ गते बिहान देवघाटबाट सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *