नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट

नेपाल आयल निगम लिमिटेडको नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बुधबार दिउँसो ४ बजे पदबहाली गरेका छन्।

गत आइतबारको मन्त्रिपरिषद् बैठकद्वारा आगामी तीन वर्षका लािग निगमको कार्यकारी निर्देशक नियुक्त भएका भट्टले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गएर नियुक्ति-पत्र बुझेका थिए।

त्यसपछि उद्योगमन्त्री रमेश रिजालसँग शपथ लिएका उनले अपराह्न ४ बजे टेकुस्थित निगमको प्रधान कार्यालय पुगेर पदबहाली गरेका हुन्।

पदबहाली अघि उनलाई निगमका कर्मचारीहरूले स्वागत कार्यक्रम राखेका थिए।

स्वागत कार्यक्रममा बोल्दै भट्टले सार्वजनिक संस्थानहरूमध्ये आयल निगम बढी जनचासोको क्षेत्र भएको र निगमबारे सर्वसाधारण माझ नकारात्मक धारणा बनिरहेको बताएका थिए।

उनले आफ्नो कार्यकालमा निगमको छवि सुधार गर्न प्रयत्न गर्ने बताए, ‘तपाईं – हामी सबै मिलेर निगमको छविमा सुधार गर्नुपर्नेछ।

यसो गर्न सकियो भने भविष्यमा निगमको कार्यकारी निर्देशकका लागि अवकाश प्राप्त सचिवहरूले समेत प्रतिस्पर्धी र आकांक्षी बन्न सक्छन्,’ उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

गत आइतबारकै मन्त्रिपरिषद् बैठकबाट नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका भूपेन्द्र भण्डारीले भने हिजो (मंगलबार) नै पदबहाली गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *