Skip to content
नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बिहीबार रातिबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७२ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६० रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबार दिउँसो पेट्रोल १.८३ रुपैयाँ र डिजेल १.५६ रुपैयाँ प्रतिलिटर मूल्य बढाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भने समायोजन भएको छैन ।
मूल्य वृद्धि पछि तराईमा पेट्रोलमा एक सय ६९ रुपैयाँ ५० पैसा र डिजेल एक सय ५७ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ ।
Post Views: 295