दैलेखमा भएको सवारी दुर्घटनामा एमालेका महासचिव शंकर पोखरेलको देब्रेखुट्टा र हातमा चोट लागेको छ ।
शनिबार सुर्खेतबाट एमाले दैलेख जिल्ला अधिवेशन उद्घाटनमा सहभागी हुन जाँदै गर्दा उनी सवार जिप सदरमुकामनजिक पुगेपछि दुर्घटनामा परेको थियो ।
अचानक जिप सडकमा पल्टिँदा पोखरेलको देब्रेतिघ्राको मसल र देब्रेहातमा चोट लागेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
सवारीमा रहेकी कर्णाली प्रदेश कमिटीकी उपसचिव पद्मा खड्काको हात फ्याक्चर भएको छ ।
आइतबार बिहान सुर्खेत हुँदै विमानबाट काठमाडौं फर्किएका पोखरेलले ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए ।
भिडियो एक्सरे गर्दा सामान्य चोट मात्र देखिएपछि उनलाई चिकित्सकहरूले औषधि लिएर केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।
Post Views: 277