गण्डकी प्रदेशमा निजी सवारीले पनि यात्रु ओसारपसार गर्न सक्ने

काठमाडौं । गण्डकी प्रदेशमा राइड शेयरिङको बाटो खुलेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले बनाएको गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० प्रदेश राजपत्रमा प्रकाशित भएसँगै राइड शेयरिङका लागि कानूनी बाटो खुलेको हो ।

उक्त नियमावलीले निजी सवारीले पनि यात्रु ओसारपसार गर्न सक्ने व्यवस्था गरेको छ ।

यस अनुसार निजी प्रयोजनका लागि दर्ता भएका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रुको बीमा गरी सेवा दिनसक्ने छन् ।

नियमावलीमा भनिएको छ, ‘‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्नसक्ने गरी मन्त्रालयले आवश्यक मापदण्ड बनाई जारी गर्न सक्नेछ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *