अनौठो इलेक्ट्रिक स्कुटर ल्याउँदै हिरो मोटर्स

काठमाडौं । विद्युतीय स्कुटरहरूको दुनियाँमा भारतीय कम्पनी हिरो मोटर्सले एउटा अनौठो स्कुटर सार्वजनिक गर्न लागेको छ ।

‘सर्ज’ नाम दिएको कार्गो थ्री ह्विलर्स अनौठो इलेक्ट्रिक भेहिकल ल्याउन लागेको हो । कम्पनीले अहिले ‘भारत मोबिलिटी एक्स्पो २०२४’ मा यो स्कुटरको प्रदर्शन गरिरहेको छ ।

प्रदर्शनलगत्तै यसलाई व्यावसायिक प्रयोगका लागि सार्वजनिक गर्ने तयारी कम्पनीको छ ।

हिरोको यो भेहिकललाई थ्री ह्विलर्सबाट सजिलै टू ह्विलर्स बनाउन सकिन्छ ।

यसलाई टू ह्विलर्स बनाउन जम्मा ३ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ । यो कार्गो थ्री ह्विलर्समा नै टू ह्विलरस रहेको छ ।

यो थ्री ह्विलर्समा १० किलोवाटको पीकअप पावर क्षमताको मोटर रहने छ भने ११ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।

यसको टप स्पीड क्षमता ५० किलोमिटर प्रतिघण्टा रहेको छ भने ५०० किलोको तौल उठाउन सक्छ ।

साथै, टू ह्विलरमा रुपान्तरण गर्दा यसमा ३ किलोवाटको पीकअप पावर क्षमताको मोटर रहने छ भने ३।५ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

नेपालमा पनि हिरोले आफ्नो उत्पादन बिक्री गर्दै आएको छ । विद्युतीय सवारी साधनको प्रयोग बढेको नेपालमा यो स्कुटर पनि उपयोगी हुने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *