हेलम्बुमा जिप दुर्घटना

हेलम्बु गाउँपालिका- १ स्थित दोरिङ भिरबाट जिप खस्दा त्यहाँ सवार दुई भुटानी पर्यटकको घटनास्थलमै मृत्यु  भएको छ।

मृत्यु हुनेमा ७१ वर्षीया तेन्जिन वाङमो र ३३ वर्षीय टग्पगेङ भुटानी रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा पाँच घाइते भएका छन्। घाइते हुनेमा नेपाली चालक हेलम्बु– २ निवासी रामचन्द्र भण्डारी, भुटानीहरू गर्चा, हिसी, फुक्सिदोर्जे र थुक्छिरिङ भुटानी रहेका छन्।

उनीहरूलाई उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौंको ट्रमा सेन्टर लगिएको छ।

हेलम्बु प्रहरीका अनुसार मिलारेपा गुफालगायत धार्मिक स्थलको दर्शनका लागि हिँडेको बा.२च ४४५० नम्बरको जिप अम्बाथाङनजिकै दोरिङ भिरबाट खसेको हो।

जिपमा नेपाली चालक र ६ भुटानी नागरिक सवार थिए। चार घाइते भुटानी र नेपाली चालकको प्राथमिक उपचारपछि काठमाडौं पठाइएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

दुर्घटना भएको जिप र अन्य तीन जिपमा समेत गरी २९ भुटानी हेलम्बुको भ्रमणमा आएको उनले बताए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *