नक्कली लाइसेन्स जारी गर्न महानिर्देशकको भूमिका कति ?

नक्कली लाइसेन्स जारी गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको सीधा भूमिका हुँदैन ।

संघीयता कार्यान्वयनपछि ०७५ यता लाइसेन्ससहित यातायातसम्बन्धी अधिकार क्षेत्र प्रदेशमा हस्तान्तरण भएका छन् ।

त्यसैअनुसार लाइसेन्स जारी गर्ने काम पनि प्रदेशले नै गर्छ । अहिले सातै प्रदेशमा ३५ यातायात कार्यालयबाट लाइसेन्सलगायत यातायातका गतिविधि हुन्छन् ।

तर, लाइसेन्सको केन्द्रीय प्रणाली भने विभागसँगै छ ।

विभागले प्रणालीमा पहुँच दिएपछि कार्यालयहरूले यसमा विवरण भर्न मिल्छ ।

प्रणाली विभागसँग भएपछि त्यसमा भण्डारण भएका डाटा पनि विभागसँगै हुन्छ ।

लाइसेन्स जारी नै गर्ने सीधा भूमिकामा विभागका प्रमुखहरू संलग्न नभए पनि यस्तो धन्दा देशभरि चलिरहँदा त्यसको अनुगमन र नियमनमा भने उनीहरूले आँखा चिम्लेर समर्थन गरेको देखिन्छ ।

विभागका कतिपय पूर्वमहानिर्देशकहरू नक्कली लाइसेन्स जारी भएको छिटपुट जानकारी पाए पनि त्यसलाई समग्रतामा हेरेर सल्टाउने प्रयास नगरेको स्विकार्छन् ।

यसले उनीहरूको संलग्नता पुष्टि हुने आधार दिन्छ ।

विभाग र मन्त्रालयको छानबिनले पनि विभागका अधिकारीहरूको भूमिका रहेको संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *