कालीगण्डकी कोरिडोरको बजेट २५ अर्ब

​​​​​​​यस आयोजनाले नवलपरासी जिल्लाको गैंडाकोटदेखि गुल्मीको रिडी, बागलुङको मालढुंगा, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम हुँदै उत्तरी सिमाना कोरला नाकासम्म सडक निर्माण एवम् स्तरोन्नति गर्ने लक्ष्य लिएको छ।

यो आयोजना सम्पन्न भएपछि गैंडाकोटदेखि कोरला नाकासम्मको ४ सय ४५ किमिमध्ये गैंडाकोट–राम्दी–मालढुंगा सडक २ सय ४५ किमि सडक निर्माणबाट कालीगण्डकी तटीय क्षेत्रमा आवागमनको सुविधा पुग्नेछ।

आर्थिक वर्ष २०६५÷६६ बाट सुरु भई २०८०÷८१ मा सम्पन्नको लक्ष्य लिइएको यस कोरिडोरलाई कालीगण्डकीअन्तर्गत गैंडाकोट–राम्दी–मालढुंगा सडक योजना र बेनी–जोमसोम–कोरला सडक गरी विभाजन गरिएको छ।

२ सय ४० किमि सडकले नवलपरासी पूर्वीखण्ड, पाल्पा, गुल्मी, बागलुङ, पर्वत र स्याङ्जा जिल्ला जोड्छ।

यस्तै २ सय २ किमि सडकले पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला जोड्छ भने यसअन्तर्गत सम्पूर्ण ट्र्याक खोलेको छ।

गैंडाकोट–राम्दी–मालढुंगा सडक योजनाको कुल लागत २५ अर्ब रुपैयाँ रहेको छ। कोरिडोरको हालसम्मको भौतिक प्रगति ६२.४५ प्रतिशत र वित्तीय प्रगति ७५.१९ प्रतिशत रहेको छ।

यस कोरिडोरको काम चरम बजेट अभावका कारण समयमा सम्पन्न हुन नसक्ने देखिन्छ।

बजेट अभावकै कारण ४ अर्ब ९० करोड रुपैयाँ लागतको रानीमहल–राम्दी र फलेबास–अर्मादी खण्डको ठेक्का लाग्न बाँकी छ।

हालसम्म २० अर्ब ९ करोड रुपैयाँबराबरको आयोजना निर्माणको ठेक्का लागेकोमा कुल खर्च १० अर्ब ९४ करोड रुपैयाँ भएको छ।

बजेट अभाव तथा स्रोत सुनिश्चितता समयमै नहुँदा योजना तोकिएको समयमै सम्पन्न हुन नसक्ने भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *