रेल सेवा सुरु गरेको दुई वर्ष बितिसक्दा पनि स्वदेशी मानवसंशाधनलाई रेल सञ्चालनको मुख्य जिम्मेवारी सुम्पिन नसक्नु नै घाटाको एउटा मुख्य कारण हो।
अर्काेचाहिँ भारतमै पनि यात्रुवाहक रेलसेवाले होइन कि मालबाहक साधनले कमाइ गर्छ।
हाम्रोमा चाहिँ यात्रुबाहकमा मात्रै सीमित गरिएको छ रेलसेवालाई। मर्मत, सम्भारदेखि सबै कामका लागि भारतमै भर पर्नुपरेको छ।
रेल सेवालाई ३५ किलोमिटरभन्दा बढी क्षेत्रमा विस्तार गर्न सकिएको छैन।
रेलसेवा विस्तार र यसको सेवालाई पनि यात्रुदेखि मालबाहकसम्म पुर्याउन आवश्यक छ।
र, भारतीय मानवसंसाधनको निर्भरताबाट पनि मुक्ति दिलाउनुपर्छ। तबमात्रै रेलसेवा घाटामा जाँदैन।