मोटुल – उच्च गुणस्तरीय लुब्रिकेन्ट

 – हेमन्त पुराणिक, सीईओ

आईएमई – अटोमोबाइल डिभिजन

 

मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको सहभागिता रहेको थियो ।

आईएमई अटोमोबाइल डिभिजनका सीईओ हेमन्त पुराणिकले विगत २५ वर्ष अघी देखि विभिन्न व्यवसायमा संलग्न आईएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए ।

उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे ।

मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *