नयाँ दिल्ली । इन्डिगोको विमानमा एक यात्रुले पाइलटमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा देखिए अनुसार पाइलटले विमानमा उडान ढिलो भएको घोषणा गरिरहँदा एकजना व्यक्ति दौडिएर उनलाई थप्पड हान्छन् ।
त्यसपछि एक यात्रुले हस्तक्षेप गरेर व्यक्तिलाई फिर्ता लैजान्छ। यसै क्रममा आक्रमण गर्ने व्यक्तिले भन्छन्, ‘उडाउन चाहन्छौ भने उडाऊ, नत्र ढोका खोलेर जान देऊ ।
भिडियोमा एउटी महिलाको आवाज सुनिएको छ– तिमीले जे गर्यौ त्यो गलत हो ।
यो भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ ।
आइतबार, दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र कम भिजिबिलिटीका कारण, धेरै उडानहरू घण्टौँ ढिलो उडेका। धेरै रुट परिवर्तन भए भने धेरै उडान रद्द भए ।
हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार आइतबार खराब मौसमका कारण ४०० उडान ढिलो भएको थियो, १० उडान डाइभर्ट गरिएको थियो र २० उडान रद्द गरिएको थियो।