साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त  हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।

प्रदेश२–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २२ कि ममता सुबेदीको मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *