तत्काल घाइतेहरुलाई दुर्घटनास्थलबाट उद्दार गरी उपचारको लागि बर्दिबास स्थित रहेको शुभ स्वस्तिक अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
उपचारको क्रममा मुकेश चमार र धर्मेन्द्र महतोको राति १० बजे मृत्यु भएको प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए।
त्यस्तै २ जना घाइतेको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।
दुईवटै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।