यो खण्डको १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ०७९ असारमै जिम्मा लिएको थियो । ०८१ असार २४ मा सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ बजेट छ ।
यद्यपि यो क्षेत्रमा लक्ष्य अनुसार काम भने भइरहेको छैन । बड्डीचौर–बेनीघाट (९४ किमि) जोड्छ मदन भण्डारी राजमार्गले ।
सांसद थानीका अनुसार खम्बागाडे–विद्यापुरसम्म १० किलोमिटर र बल्देदेखि–लगाम बजारसम्म १५ किलोमिटर सडक निर्माणका लागि अर्थमन्त्री प्रकाश शरण महतको मन्त्री स्तरीय अनुसार दुई अर्ब ६० करोड बजेट सुनिश्चितता भएको हो । अब यो सडक खण्ड पनि ठेक्का प्रक्रियामा जाने भएको छ ।
विद्यापुर–बल्देसम्मको २२ किलोमिटर खण्डमा पनि अहिले काम भइरहेको छ । मोतीदान कन्स्ट्रक्सनले १ अर्ब २७ करोड लागतमा काम गरिरहेको छ ।
पश्चिम क्षेत्रमा बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् । यी पालिकाहरुको मेरुदण्ड मानिन्छ, मदन भण्डारी राजमार्ग ।
‘मैले आगामी वर्षसम्म सडक निर्माण पुरा गर्ने लक्ष्यका साथ कामहरू अगाडि बढाइरहेको छु,’ थानीले भने, ‘अब छिटै ठेक्का प्रक्रिया सम्पन्न भर्ई सडक निर्माण कार्य सुरु हुनेछ ।
यो सडक निर्माण सम्पन्न भएमा पश्चिम सुर्खेतले विकासमा महत्त्वपूर्ण फड्को मार्नेछ ।’