एक्सेल डेभलपमेन्टको सहयोग ट्राफिकलाई

दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा भित्रका सडकमा संकेत तथा सन्देशमूलक बोर्ड र ८ थान ट्राफिक पोल हस्तान्तरण गरेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रहरी निरीक्षक न्यौपानेले बैंकले प्रदान गरेको ट्राफिक पोलले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्‍याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *