ऐतिहासिक सहमतिमा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध

नाडाको ४७औं वार्षिक साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदैछ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्षमा चौधरी ग्रुपका करण चौधरी चयन भएका छन्।

आज भएको मनोनयनमा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध चयन भएका हुन्।

cg inside

कार्यसमिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका छन्।

त्यसैगरी संस्थागत सदस्यमा सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेजनारायण साह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबाइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुष्करराज ओझा (सुदूरपश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्य निर्वाचित भएको नाडाले जनाएको छ।

यो सहमति ऐतिहासिक र अटो क्षेत्रको हितमा भएको नाडा अध्यक्ष ध्रुव थापाले बताए।

यी कार्यसमिति सदस्यबाट अब पदाधिकारी चयन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *