काठमाडौं । अशोक लेल्याण्ड गाडीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजीद्दण्द्दद्ध’ बनाउने योजना ल्याएको छ ।
मात्र १लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो ।
“हामिले गत वर्ष पनि यस प्रकारको योजना ल्याएको थियो, चालकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको हो”, कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरनिकले बताउनु भयो।
अशोकले ल्याण्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरुमा यो योजना लागु गरिएको छ ।
यो योजना अन्तर्गत ८० प्रतिशतसम्म बिना धितो कर्जा शुलभ ब्याजदर उपलब्ध हुनेछ । पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध छ ।
शक्तिशाली डिजेन इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ ।
अरुको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ ।
अशोक लेल्याण्डका शाखाहरुबाट योजनाका बारेमा विस्तृत जानकारी दिन सकिने कम्पनीले जनाएको छ ।