लापरबाहीपूर्ण तरिकाले गाडी चलाएर मानिसको ज्यानु भनेको अपराधै हो। त्यसअनुसार सवारी ऐनबमोजिमको कारबाही चालकहरूमाथि हुनुपर्छ।
कतिपय सन्दर्भमा भने टिपर सञ्चालकहरूको दादागिरीका कारण त्यो कानुनअनुसारको कारबाही पनि हुन सकेको छैन।
सामान्य तवरले अथवा चालकले नदेखेर भएका दुर्घटनामा एक वर्षको कैद र सजायको व्यवस्था उक्त ऐनमा छ।
सोहीअनुसारको फितलो कारबाहीका कारण लापरबाहीको प्रवृत्ति बढेको छ।
तर सोही ऐनमा लापरबाहीपूर्ण अर्थात् ज्यान मार्ने मनसायले गराइएको दुर्घटनाका दोषीलाई सर्वस्वसहित जन्मकैदको व्यवस्था पनि छ।
लापरबाही गर्नेहरूका हकमा सोही व्यवस्था लागू कडाइका साथ गरिनुपर्छ। त्यसका अलावा भनेको चालकहरूमा सचेतना फैलाउनै पर्छ।
कडा कानुन र व्यवस्थामात्रै पनि समाधानको उपाय पूर्ण रूपमा हुन सक्दैन। जसरी हुन्छ टिपर आतंक चाहिँ रोक्नुपर्छ।