बसमा आगजनी भएपछि बीपी राजमार्ग अवरुद्ध

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो

सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको थियो।

दुर्घटनामा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजानी गरेका हुन्। बसमा आगो लागेपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा  बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षीय पुरुष र सोही मोटरसाइकलको पछाडी सवार दिक्तेल नगरपालिका- १० खोटाङका १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४  वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *