सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको थियो।
दुर्घटनामा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजानी गरेका हुन्। बसमा आगो लागेपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो ।
वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्षीय पुरुष र सोही मोटरसाइकलको पछाडी सवार दिक्तेल नगरपालिका- १० खोटाङका १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।
दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
Post Views: 252