लायन्सको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ३ जना

लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरको आयोजना तथा सहयोगी महिला जागरण मञ्च, लायन्स क्लब अफ काठमाण्डौं अटो सोसियल फ्रेण्ड्सको समन्वयमा काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा १ सय ३ जनाले बाथ तथा नशा रोग सम्बन्धी स्वास्थ्य जाँच गराए ।

काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सँचालन भयो ।

उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्टरका अध्यक्ष गुरु अधिकारीले उपस्थित सबै जनालाई स्वागत गर्दैं सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *