‘टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा’ पोखरामा सुरु

पोखरा– टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा न्यूरोडस्थित सिटी स्क्वायर ब्याब्केटमा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु भएको छ ।

सुरु भएको एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शून्य प्रतिशत ब्याजमा टीभीएस आईक्युब खरिद पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, जम्मा एक लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टीभीएसआईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

साथै, यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *