नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कर्मचारी रमेश कार्की माथी सांघातिक आक्रमण गर्नेलाई कारबाही गुर्नपर्ने माग राखेको छ ।
महासंघले विज्ञप्तिमा भनेको छ,‘दुर्घटना पश्चात छलफल गर्न जाने प्रतिनिधीको शान्ती सुरक्षा दिने निकाय भित्र नै आक्रमण हुनु निन्दनीय छ ।
अतः शान्ती सुरक्षा दिने निकाय नै मुकदर्शक भएर बस्दा यस्ता भवितव्यबस हुने कैयौ दुर्घटनाको छलफलमा जाने व्यक्ति असुरक्षित हुने र नेपाल सरकारले शान्ती सुरक्षा समेत दिन नसक्दा शान्ती सुरक्षामा समेत प्रत्यक्ष असर पुग्न जाने भएकोले उक्त घटनाबाट घाईते भएका रमेश कार्कीको औषधी उपचार र सांघातिक आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारवाही गरि कानुनी राज्यको महशुश गराउन नेपाल सरकारसंग अनुरोध गर्दै उक्त सडक दुर्घघटनाबाट मृत्यु भएका व्यक्तिको क्षतीपूर्ती सम्बन्धित व्यक्तिको परिवारलाई नेपालको कानुन बमोजिम उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडी बढाई समस्या समाधान गर्न नेपाल सरकार समक्ष यसै प्रेस विज्ञप्ती मार्फत अनुरोध गरिन्छ ।’
यातायात व्यवसायी राष्ट्रिय महासंघले मंसिर २० गतेका दिन काठमाण्डौ बालाजु ढुङ्गेधारामा भवितव्य वसले स्कुटरमा ठक्कर दिदा भएको दुर्घटनामा परि मृत्यु भएका व्यक्तिको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।