विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलको ब्याट्री जडित फोटोन ‘हाई रुफ भ्यान’ नेपालमा सार्बजनिक हुने भएको छ ।
फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले १४ र १५ सिट क्षमतामा सो नयाँ भ्यान सार्बजनिक गर्न लागेको हो ।
सो नयाँ भ्यानमा सेग्मेन्टकै धेरै ८५ किलोवाट पावर रहने कम्पनीले जनाएको छ । साथै यसमा आरामदायी यात्राका लागि फराकिलो इन्टेरियर, ठूला सिट, फूल एसी, लगायत फिचर दिइएको छ ।
जुन कम्फर्टका हिसावले सेग्मेन्टमै उत्कृष्ट रहेको दावी गरिएको छ ।
सो नयाँ भ्यानमा कम्पनीले ५ वर्ष अर्थात ३ लाख किलोमिटरको वारेन्टि प्रदान गर्ने बताएको छ ।
जुन नेपालमा उपलब्ध गाडीमध्य सर्बाधिक लामो समयको वारेन्टि अवधी रहेको दावी गरिएको छ ।
उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टि गर्ने सो भ्यान सुरक्षाको दृष्टिकोले पनि सर्बोत्कृष्ट रहेको कम्पनीको भनाई छ ।
फोटोनको हाल नेपालमा पिकअप, इलेक्ट्रिक लो रुफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्वुलेन्स लगायत उत्पादन उपलब्ध रहँदै आएको छ ।
आकर्षक लुक्स र पर्फमेन्सका कारण यी उत्पादन नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् ।