प्रकाश कपुरीद्वारा नाडा अध्यक्षमा उम्मेदवारी

अटोमोबाइल व्यवसायी प्रकाश कपुरीले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै अध्यक्षमा सबैको साथ र सहयोग रहने अपेक्षा गरेका छन् ।

बिगत २५ वर्षदेखि अटोमोबाइल व्यवसायमा आबद्ध कपुरी एक दशकदेखि नाडा कार्यसमितिमा सक्रिय छन् ।

नाडामा उपाध्यक्षसहित विभिन्न उपसमितिको संयोजक भएर काम गरिसकेको अनुभव कपुरीसँग छ ।

नाडाको ४७औं साधारणसभा तथा निर्वाचन पुस २० र २१ गते काठमाडौंमा हुँदैछ ।

‘लामो समयसम्म नाडामा काम गरिसकेको छु,’ उनले भने, ‘अब नाडाको अध्यक्षमा सबै साथीहरुको साथ पाउनेमा म विश्वस्त छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *