हिट्को प्रालि ४९ औं वर्षमा प्रवेश

हिट्को प्रालि., वि.स. २०३२ मंसिर ७ गते स्थापना भएको कम्पनीले आज स्थापनाको ४८औं वर्ष पुरा भइ ४९ वर्ष प्रवेश गरेको हो ।

अटोमोबाइल ग्यारेज इक्युपमेन्ट, औद्योगिक मेसिनरी इक्युपमेन्ट र फायर सेफ्टी इक्युपमेन्ट बिक्री वितरणमा नेपालको अग्रणी कम्पनी हिट्को प्रालि स्थापनाको ४९औं वर्षमा प्रवेश गरेको छ ।

‘कम्पनी स्थापनाको झण्डै ५ दशकसम्म हिट्को प्रालिलाई साथ दिने सम्पूर्ण प्रति हामी आभारी छौं,’ उनले भने, ‘ग्राहकको माया तथा सकारात्मक प्रतिक्रियाबाट नै हाम्रो यात्रा सफल भएको हो ।’

स्थापनाको अवसरमा कम्पनीका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले सम्पूर्ण ग्राहक, कर्मचारी, शुभेच्छुक लगायत सम्पूर्णमा आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *